गाजामा अक्टोबरदेखि ३ सय बालबालिकाको मृत्यु : युनिसेफ
nepalnews.com · Fri Aug 07 12:14:05 GMT 2026

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गत अक्टोबरमा युद्धविराम लागू भएदेखिका ३०० दिनमा गाजा पट्टीमा कम्तीमा ३०० बालबालिकाको मृत्यु भएको रिपोर्ट गरेको छ । मध्यपूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले युद्धविराम चलिरहेको समयमा पनि हरेक दिन औसतमा एक जना बच्चाको ज्यान गएको बताउँदै उनले अन्य सयौँबालबालिका घाइते भएको बताए ।
घाइतेमध्ये धेरै गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै उनले गाजाका बालबालिकाहरू अझै पनि हिंसा अन्त्यको प्रतीक्षामा रहेको बताए । युनिसेफका अनुसार परिवारहरू हाल गाजा पट्टीको करिब एक तिहाइ भू–भागमा सीमित रहँदै क्षतिग्रस्त भवनहरू, भग्नावशेष र ठोस फोहोर जम्मा भएर असुरक्षित भएका स्थानमा बाँचिरहेका छन् । गाजा पट्टीभरि बालबालिकाहरूले तीव्र कुपोषण, रोग, असुरक्षित पिउने पानी र क्षतिग्रस्त सरसफाइ प्रणालीको सामना गर्न बाध्य भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)