बीमा पोलिसि सरेण्डर : वर्ष दिनमा १३ अर्ब ७७ करोडको बीमा पोलिसी त्याग, १० लाख बढी पोलिसी भएनन् नवीकरण
arthasansar.com · Fri Aug 07 12:19:26 GMT 2026

गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अवधिमा पोलिसी सरेण्डर रकम झण्डै १४ अर्ब नजिक पुगेको छ । बीमा नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुबाट १३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ बाहिरिएको हो ।
उक्त सरेण्डर रकम अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा भने ९.११ प्रतिशत कम हो । अघिल्लो वर्ष जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १५ अर्ब १५ करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो । सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १६.४९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षकोे असार मसान्तसम्ममा १ लाख ८ हजार २३८ जनाले बीमालेख सपर्मण गरेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा भने ९० हजार ३८७ जनाल मात्रै पोलिसी समर्पण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)