तीन देशबिच रक्षा सहकार्य विस्तारको तयारी
barnanmedia.com · Fri Aug 07 12:15:05 GMT 2026

टर्की, साउदी अरेबिया र पाकिस्तानबिच संयुक्त रक्षा सहकार्यलाई संस्थागत रूप दिने उद्देश्यले शुक्रबार रियादमा नयाँ रक्षा सम्झौतामा हस्ताक्षर हुने तयारी भएको जनाइएको छ ।
यस सम्भावित सम्झौताले प्रमुख मुस्लिम बहुल राष्ट्रबिच सैन्य तथा रणनीतिक सहकार्य थप सुदृढ हुने अपेक्षासँगै अनौपचारिक रूपमा चर्चा हुने ‘इस्लामिक नाटो’ अवधारणालाई पनि पुनः चर्चामा ल्याएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यस अघि नै पाकिस्तान र साउदी अरेबियाबिच विद्यमान रक्षा तथा आर्थिक सहकार्यलाई टर्की र कतारसम्म विस्तार गर्ने तयारी भइरहेको सङ्केत दिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)