श्रमदान गरी काठे पुल निर्माण
arthadabali.com · Mon Jun 08 12:57:19 GMT 2026

हुम्ला / हुम्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँ नजिकैको मुस्याँडा खोलाको नदिमा स्थानीयले आफ्नै श्रमदानमा काठे पुल निर्माण गरेका छन् । सम्बन्धित निकायलाई पटकपटक मुस्याँडामा रहेको नदीमा वारपार गर्नका लागि झोलुङ्गे पुल निर्माणका लागि अनुरोध गरे पनि स्थानीय जनप्रतिनिधिले चासो नदेखाएपछि स्थानीयले आफ्नै पहलमा श्रमदान गरी उक्त काठे पुल निर्माण गरेका हुन् ।
नेप्कागाउँबाट करिब दुई घण्टाको दूरीमा पर्ने मुस्याँडा खोलामा रहेको काठे पुल निर्माण सम्पन्न भएको छ । सरोकार भएका निकाय, स्थानीय तहलगायतले पुल निर्माणमा चासो नदेखाएपछि नेप्कागाउँबासीले तीन श्रमदान गरी काठेपुल बनाएका स्थानीय जसबहादुर तामाङले बताए । उनका अनुसार उक्त नदीमा पुल नहुँदा चीनको सिमाना टाँकेनाका पुग्नलाई समस्या हुने गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)