इन्फान्टिनोको राजीनामा माग्दै नर्वे
ratopati.com · Fri Aug 07 12:24:33 GMT 2026
काठमाडौँ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोको राजीनामा माग्ने देशको संख्या बढिरहेका बेला नर्वेले उनको नेतृत्वप्रति खुला रूपमा असन्तुष्टि जनाउँदै तत्काल पदबाट हट्न आग्रह गरेको छ। तर २०२६ विश्वकप सहआयोजक मेक्सिको र उपविजेता अर्जेन्टिनाले भने इन्फान्टिनोको नेतृत्वको समर्थन गरेका छन्।
नर्वेजियन फुटबल महासंघकी अध्यक्ष लिसे क्लाभेनेसले इन्फान्टिनोसँग फिफालाई स्थिर रूपमा नेतृत्व गर्न आवश्यक संस्थागत विश्वास नरहेको बताउँदै राजीनामा दिनुपर्ने माग गरिन्। विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता लिनुपरेपछि इन्फान्टिनोमाथि आलोचना बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)