लिपुलेकदेखि ग्यास संकट र सहकारी पीडितसम्मका विषयमा हर्क साम्पाङले गरे सरकारको ध्यानाकर्षण
nepallive.com · Fri Aug 07 12:29:25 GMT 2026

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले लिपुलेक नाकाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न, एलपी ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्न, सहकारी पीडितको बचत फिर्ता गराउन, सुकुम्बासी व्यवस्थापन, जातीय विभेद अन्त्य, युवालाई रोजगारी सिर्जना तथा अनलाइन ठगी नियन्त्रणलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रतिपक्षका आवाजलाई सरकारले गम्भीरतापूर्वक सुनेर कार्यान्वयन गर्नुपर्ने बताए। सरकारले प्रतिपक्षका सुझाव बेवास्ता गर्दा विगतमा धेरै समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उनले त्यस्तो अभ्यास दोहोरिन नहुने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)