५ जी सेवा सुरु गर्न कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
nagariknews.nagariknetwork.com · Fri Aug 07 12:24:28 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र ५जी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ। साथै देशभर ४जी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठबुँदे निर्देशन जारी गरेको छ।
शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम नेपाल टेलिकम, एनसेलसहितका मोबाइल सेवा प्रदायकलाई सेवा गुणस्तर, नियामकीय अनुपालन, उपभोक्ता हित संरक्षण तथा नयाँ प्रविधिको विस्तारका विषयमा आवश्यक निर्देशन दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)