प्रज्ञाका तीन कुलपतिको शपथ (तस्वीरहरू)
onlinekhabar.com · Fri Aug 07 12:47:52 GMT 2026

२२ साउन, काठमाडौं । कला–साहित्यसँग सम्बन्धित तीन प्रतिष्ठानका नवनियुक्त तीन जना कुलपतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटी, संगीत नाट्य प्रतिष्ठानका कुलपति ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठान एरिना ताम्राकारले शपथ लिएका हुन् ।
तीनै जनालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल(गनेस)ले शपथग्रहण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)