‘ह्वाइटहाउस रन फेस्ट–२०२६’ शनिबार, विजेताले नगद र छात्रवृत्ति पाउने
kendrabindu.com · Fri Aug 07 12:50:37 GMT 2026

बिर्तामोड । ह्वाइटहाउस एजुकेसन फाउन्डेसनअन्तर्गत सञ्चालित ह्वाइटहाउस कलेज अफ बिजनेस एण्ड टेक्नोलोजी बिर्तामोडले शिक्षा, प्रविधि, नवप्रवर्तन र युवाको क्षमता विकासलाई केन्द्रमा राख्दै ‘ह्वाइटहाउस रन फेस्ट–२०२६’ तथा राष्ट्रियस्तरको ह्याकाथन आयोजना गरेको छ।
आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष युवराज शर्माले नेपालमा गुणस्तरीय, व्यावहारिक तथा विश्वस्तरीय शिक्षाको विस्तारमा ह्वाइटहाउस एजुकेसन फाउन्डेसनले विगत तीन दशकदेखि निरन्तर योगदान दिँदै आएको उल्लेख गरे। उनले अबको शिक्षा परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र नभइ जीवन निर्माण गर्ने प्रक्रिया भएकाले विद्यार्थीलाई सीप, नेतृत्व, अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता क्षेत्रमा सक्षम बनाउने लक्ष्यका साथ शिक्षण सञ्चालन भइरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)