गाभीले नेपाललाई तीन करोड ९६ लाख डलरबराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने
baahrakhari.com · Fri Aug 07 12:51:06 GMT 2026

काठमाडौं । नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यका विषयमा उच्चस्तरीय छलफल भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा आगामी चार वर्षको खोप सहयोग, सहवित्तीय लगानी र कार्यक्रमको वित्तीय दिगोपनाबारे छलफल भएको हो ।
बैठकमा गाभीले आगामी अवधिका लागि नेपाललाई तीन करोड ९६ लाख अमेरिकी डलरबराबरको खोप तथा एक करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ । प्रस्तावित सहयोगअन्तर्गत नेपालले भने एक करोड ७१ लाख अमेरिकी डलर सहवित्तीय लगानी गर्नुपर्ने विषयमा पनि छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)