प्रतिनिधि सभा बैठकमा चार विधेयक प्रस्तुत
ratopati.com · Fri Aug 07 12:59:46 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको साेमबारको बैठकमा चार विधेयक प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरे।
परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो भने महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)