वैदेशिक रोजगार व्यवसायीद्वारा श्रमिक पठाउन बन्द
rajdhanidaily.com · Fri Aug 07 13:04:53 GMT 2026

काठमाडौं । सरकारसँग १५ बुँदे माग राख्दै दबाबमूलक अभियान चलाइरहेको वैदेशिक रोजगार व्यवसायी सङ्घले शुक्रवारबाट श्रमिक पठाउने काम बन्द गरेको घोषणा गरेको छ । सरकारले व्यवस्था गरेका विभिन्न कानुनी व्यवस्थाहरूले वैदेशिक रोजगार क्षेत्र चल्नै नसक्ने अवस्था भएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले बताए ।
सङ्घले शुक्रवार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खत्रीले राष्ट्रिय अर्थतन्त्रमा ३० प्रतिशतभन्दा बढी योगदान गर्ने रेमिट्यान्सलाई अवमूल्यन भएको बताउँदै नीतिगत जटिलता, अव्यवहारिक व्यवस्था र समयाअनुकुल अद्यावधिक नभएको अवस्थाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)