उत्तरी गोरखाको नेपाल–तिब्बत सीमा क्षेत्रमा संयुक्त अनुगमन
gorkhapatraonline.com · Fri Jun 26 02:08:33 GMT 2026

उत्तरी गोरखाको नेपाल–तिब्बत सीमा क्षेत्रमा रहेका सीमास्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरिएको छ। चुमनुब्री गाउँपालिका–१ साम्दोस्थित बोर्डर आउट पोस्ट (बिओपी) का सशस्त्र प्रहरी, सामागाउँ प्रहरी चौकीका नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासी सम्मिलित टोलीले बिहीबार रुइला नाका र त्यहाँ रहेको ३५ नम्बर सीमास्तम्भको अवलोकन तथा निरीक्षण गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल गोरखा गुल्मका प्रमुख डीएसपी ढलप्रसाद काफ्लेका अनुसार बिओपी साम्दोको टिम लिडर इन्स्पेक्टर आकाश सुचिकारको नेतृत्वमा १० जना सशस्त्र प्रहरी, सामागाउँ प्रहरी चौकीका २ जना प्रहरी, वडा सदस्य पासाङ लामा तथा साम्दो, सामागाउँ र स्याला गाउँका स्थानीयवासी सहभागी टोलीले सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)