यो हप्तालाई विश्राम, असार १५ पछि सुरु हुँदैछ मनसुन
corporatenepal.com · Fri Jun 26 02:03:31 GMT 2026

काठमाडौं । देशभर मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने देखिएको छ। मौसमविद्का अनुसार यो हप्ता पश्चिम नेपालका धेरै भूभागमा उल्लेखनीय वर्षा नहुने सम्भावना रहेको छ भने असार १५ पछि भने देशका अधिकांश क्षेत्रमा वर्षा बढ्दै जाने संकेत देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। वाग्मती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)