एलपीजी ग्यास लुकाएर बिक्री गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी
nepalnews.com · Fri Aug 07 13:15:10 GMT 2026

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपीजी ग्यास सहज रूपमा नपाएको, विक्रेता तथा डिपोले ग्यास लुकाएर आफू निकटका व्यक्ति, होटल तथा व्यवसायीलाई मात्र बिक्री गरेको र तोकिएको मूल्यभन्दा बढी रकम लिएको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभागले ग्यासजस्तो अत्यावश्यक वस्तु तोकिएको मूल्यमा सहज रूपमा पाउनु उपभोक्ताको अधिकार भएको जनाएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने विक्रेता तथा डिपोमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)