सरकार–इन्टर्न चिकित्सकबिच पाँच बुँदे सहमति, डिल्ली हरिजनले तोडे अनशन
ratopati.com · Fri Aug 07 13:20:47 GMT 2026

काठमाडौँ । चिकित्सा शिक्षाअन्तर्गत एक वर्षे एमबीबीएस इन्टर्नसिप कार्यक्रममा संलग्न इन्टर्न चिकित्सक डिल्ली हरिजन र सरकारी वार्ता टोलीबिच शुक्रबार पाँच बुँदे सहमति भएको छ। सहमतिसँगै डिल्ली हरिजनले जारी अनशन अन्त्य गरेका छन्।
सहमतिअनुसार स्वास्थ्य सेवाको आठौं तहको सुरु तलब स्केलको ५० प्रतिशत बराबरको निर्वाह भत्ता सबै सरकारी तथा निजी मेडिकल कलेजमा समान रूपमा लागू गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाइने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)