हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
newsofnepal.com · Fri Aug 07 13:22:12 GMT 2026

काठमाडौं।
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२-८३ (२०२५-२६) मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जनाएको छ । कम्पनीले यस अवधिमा ३९ करोड ८७ लाख २० हजार खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१ करोड ६१ लाख ७० हजार को तुलनामा ८४.४५ प्रतिशतले बढी हो । कम्पनीका अनुसार यो उपलब्धिले नेपालमा इन्स्टा फाइनान्स क्षेत्रमा आफ्नो अग्रणी स्थानलाई थप मजबुत बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)