खोज, उद्धार र मानवीय सेवामा जुट्न संयुक्त एम्बुलेन्स चालक सङ्घको अपिल
ratopati.com · Thu Aug 27 15:35:27 GMT 2026

काठमाडौँ। चीन–तिब्बत क्षेत्रमा हिमताल फुटेर भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली नदी र चितवन आसपासका नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको प्रति संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले दुःख व्यक्त गरेको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै सङ्घले प्राकृतिक विपद्का कारण घर, बस्ती, सडक, पुल र स्वास्थ्य संस्थाजस्ता भौतिक संरचनामा व्यापक क्षति पुगेकोमा स्तब्धता प्रकट गर्दै दिवङ्गतहरूप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा समवेदना र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)