चिकित्सा शिक्षाको थलोमा अन्धविश्वास : एउटा भेट, केही प्रश्न
nepalpress.com · Fri Aug 07 13:37:13 GMT 2026

म अहिले पश्चिम नेपालमा छु । मेरो अन्धविश्वासविरुद्धको पुस्तक ‘शल्यक्रिया’ बोकेर एउटा फरक प्रसङ्गमा अस्पतालका प्रबन्ध निर्देशकको कार्यकक्ष पुगेकी थिएँ । त्यहाँ हाम्रो कुराकानी भइरहेकै बेला दुई जना युवा चिकित्सक पनि आउनुभयो । झट्ट हेर्दा एकजना मभन्दा कम उमेरका देखिनुहुन्थ्यो भने अर्का लगभग मेरो उमेरकै ।
कुराकानीका क्रममा मसँगै रहेकी मेरी साथीले किताबको बारेमा आफूले बुझेको कुरा प्रबन्ध निर्देशकलाई सुनाउदै प्रसङ्ग जोड्नुभयो- “आज पनि धेरै मानिस टाउको दुख्दा अस्पताल जानुभन्दा पहिले झारफुक गर्छन् । धामी झाक्रीले दिएको चामल खान्छन् । निधारमा खरानी लाएर हिँड्छन् । डाक्टर कहाँ जानुपर्छ भन्ने चेतना अझै धेरैमा पुगेको छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)