सम्पर्कबिहीन भएका पत्रकारद्वयको सकुशल उद्धारको माग
gorkhapatraonline.com · Thu Aug 27 15:38:28 GMT 2026

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले भोटेकोसी बाढीको रिपोर्टिङको क्रममा केरुङबाट सम्पर्कबिहीन हुनुभएका फोनिजका पूर्व कोषाध्यक्ष पत्रकार टेकराज थामी तथा अर्का पत्रकार निराजन पौडेलको तत्काल खोजी कार्य गरी सकुशल उद्धारको माग गरेको छ ।
पत्रकारद्वय थामी र पौडेल बुधबारदेखि सम्पर्कबिहीन भएको परिवारका सदस्यको भनाइ छ । उहाँहरुको सकुशल उद्धारका लागि सबै प्रयास गर्न परिवारका सदस्यहरुको आग्रह छ । फोनिजले पनि आज विज्ञप्ति जारी गर्दै पत्रकारद्वयको सकुशल उद्धारका लागि खोजीकार्य तीव्र पार्न सरकारसहित सरोकारवाला सबै पक्षसँग आग्रह गरेको छ । साथै भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरुको खोजीकार्य तीब्र बनाउन तथा घाइतेहरुको यथोचित उपचारको व्यवस्था गर्न पनि माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)