इन्टर्न चिकित्सक हरिजन र सरकारबीच पाँच बुँदे सहमति
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
काठमाडौँ । एमबीबीएस कार्यक्रमअन्तर्गत एकवर्षे इन्टर्नसिपमा संलग्न चिकित्सक डिल्ली हरिजन र सरकारबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ। यस सहमतिसँगै हरिजनले आफ्नो आमरण अनशन अन्त्य गरेका छन्।
सहमतिअनुसार स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबरको निर्वाह भत्ता एमबीबीएस, बिडिएसलगायत एकवर्षे इन्टर्नसिप कार्यक्रमका विद्यार्थीलाई सबै सरकारी तथा निजी मेडिकल कलेजले समान रूपमा उपलब्ध गराउने विषयमा आगामी साउन २८ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा छलफल हुनेछ। सो छलफलबाट भएको सहमतिलाई चिकित्सा शिक्षा आयोगको बैठकमा एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ। यसअघि मन्त्रालयले गठन गरेको कार्यदलले वैशाख ३० गते पेस गरेको प्रतिवेदनमा इन्टर्न चिकित्सकको कार्यबोझ, रात्रीकालीन सेवा तथा न्यूनतम आवश्यकतालाई ध्यानमा राख्दै स्वास्थ्य सेवाको आठौँ तहको तलबमानको आधा रकम भत्ताका रूपमा दिन सिफारिस गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)