उद्योग वाणिज्य संघको निर्वाचनका लागि सर्बसम्मत टिम घोषणा
nagariknews.nagariknetwork.com · Fri Aug 07 14:02:45 GMT 2026

नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि ‘सर्बसम्मत टिम’ घोषणा गरिएको छ । संघको तीन वर्षे कार्यकालका लागि आगामी भदौं ६ गते मतदान गरिदैछ ।
चिरिञ्जिवी ओलीको अध्यक्षतामा शुक्रबार पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको नाम घोषणा गरिएको हो । जसअनुसार उपाध्यक्ष(उद्योग)मा कमलकुमार कार्की, उपाध्यक्ष (वाणिज्य)मा विष्णुप्रसाद श्रेष्ठ र उपाध्यक्ष (महिला)मा रुपा ओझा(सानु) तथा महासचिवमा विष्णु श्रेष्ठ, उप-महासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टिकामणि उपाध्याय रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)