शाही युवा शक्तिमा 'कु' भएसँगै रोकियो राजतन्त्रको पक्षमा गरिएको हस्ताक्षर अभियान
ratopati.com · Fri Aug 07 14:31:19 GMT 2026

काठमाडौँ । शाही युवा शक्ति नेपालमा पशुपति खड्काको नेतृत्वमा हुँदै आएको राजतन्त्रको पक्षमा 'राजाको हस्ताक्षर अभियान' (जनमत संग्रह) रोकिएको घोषणा गरिएको छ। सङ्गठनले अध्यक्ष पशुपति खड्कालाई विभिन्न आरोप लगाउँदै हटाएको घोषणा भएसँगै नयाँ नेतृत्वले यो अभियान व्यक्तिगत स्वार्थका लागि प्रयोग भएको निष्कर्षसहित तत्कालका लागि रोक्ने निर्णय गरेको हो।
खड्कामाथि कु पछि शुक्रबार नवनियुक्त अध्यक्ष मणिराज थपलियालगायतद्वारा जारी विज्ञप्तिमा 'राजा सबैका साझा' भएकाले कुनै सीमित समूहको स्वार्थका लागि हस्ताक्षर सङ्कलन गर्न नहुने तर्क गरिएको छ। "राजा राजतन्त्र पक्षधर र गणतन्त्र पक्षधर दुवैका साझा हुन्," विज्ञप्तिमा भनिएको छ, "सीमित व्यक्तिले आफ्नो स्वार्थ सिद्धिका लागि मात्रै यो अभियान चलाएको देखियो, त्यसैले हामी यसको घोर भर्त्सना गर्दछौँ।"
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)