सुर्खेतमा ३८ हजारभन्दा बढी ग्यास वितरण, अभाव भने कायमै
lokaantar.com

साउनको २० दिनमै सुर्खेतमा ३८ हजार ५०० एलपी ग्यास सिलिन्डर वितरण भए पनि उपभोक्ताले ग्यास अभाव झेलिरहेका छन्। ग्यास पाउन रातिदेखि लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै विद्यार्थी, ज्येष्ठ नागरिक, सुत्केरी र अपाङ्गता भएका व्यक्ति बढी प्रभावित भएका छन्।
नेपाल आयल निगमका अनुसार १४.२ किलोका विभिन्न ब्रान्डका ग्यास सिलिन्डर अधिकृत बिक्रेतामार्फत रु दुई हजार ६० मा बिक्री गर्न निर्देशन दिइएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको नेतृत्वमा बजार अनुगमन पनि भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)