कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद
ratopati.com · Fri Aug 07 15:52:40 GMT 2026

काठमाडौँ । प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका-७ कर्णालीपुर जाने बाटो छेउबाट कटुवा पेस्तोल एक थान बरामद गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले आज दिउँसो उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।
त्यस्तै, प्रहरीले डोटीको सायल गाउँपालिका-२ श्रीर्मा गाउँस्थित मालिका सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक एक थान बरामद गरेको छ । प्रहरी चौकी डौडबाट खटिएको टोलीले आज बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)