मानव बेचबिखन तथा ओसारपसार ऐनलाई समय सापेक्ष बनाउन माग
makalukhabar.com · Fri Aug 07 15:56:44 GMT 2026

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक समयसापेक्ष हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । उक्त विधेयकमाथि महिला, कानुन र विकास मञ्चले प्रतिनिधिसभाका सांसदहरूसँग गरेको छलफलमा सहभागीहरूले संशोधन विधेयकमा अधिकांश विषय भन्दै यसमा गरिएको व्यवस्थालाई अझ परिमार्जन गर्नसके समय सापेक्ष हुनेमा जोड दिएका हुन् ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आज प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८३’ मा थप २२ वटा बुँदा संशोधन गरेमा समयसापेक्ष हुने विषयमा सांसदहरूले पनि ऐक्यबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)