तीन प्रतिष्ठानमा पदाधिकारी नियुक्त
nepalnews.com · Fri Aug 07 16:00:34 GMT 2026

काठमाडौँ । सरकारले तीनवटा मुख्य प्रज्ञा प्रतिष्ठानहरूमा नयाँ पदाधिकारीहरू नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिस बमोजिम प्रधानमन्त्री बालेन शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयन गरेका हुन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिन्धुलीका कुमार नगरकोटी नियुक्त भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)