मधेशमा ९५ प्रतिशत रोपाइँ
onlinekhabar.com · Fri Aug 07 15:56:22 GMT 2026

२२ साउन, जनकपुरधाम । मधेश प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालय धनुषाका अनुसार शुक्रबारसम्म प्रदेशभर तीन लाख ६५ हजार २९१ दशमलव १५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।
प्रदेशका आठ जिल्लामध्ये सिरहा र बारामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने प्रदेश कृषि विकास निर्देशनालयका बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए । उनका अनुसार बारामा लक्ष्यभन्दा बढी रोपाइँ भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)