बाढी प्रभावितका लागि तीन करोडभन्दा बढीको औषधि सहयोग
baahrakhari.com · Mon Aug 31 12:33:45 GMT 2026

काठमाडौं । नेपाल औषधि आयातकर्ता संघले तीन करोड रुपैयाँभन्दा बढी मूल्यको औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उपचारका लागि औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
संघले आफ्ना सदस्य औषधि आयातकर्ता तथा सम्बन्धित संस्थाबाट संकलन गरेको औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्रभावित क्षेत्रमा पठाउने गरी हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)