वारुणयन्त्र बिग्रिएपछि भद्रपुरमा आपतकालीन सेवा बन्द
reportersnepal.com · Fri Aug 07 16:17:40 GMT 2026

झापा । भद्रपुर नगरपालिकाको अत्यावश्यक वारुणयन्त्र (दमकल) सेवामा प्राविधिक समस्या आएपछि अस्थायी रूपमा बन्द गरिएको छ। दमकलमा प्राविधिक समस्या आएपछि मर्मत गर्न आजदेखि कार्यशालामा पठाइएको नगरपालिकाद्वारा जारी सूचना जारी उल्लेख छ ।
मर्मत सम्पन्न भई पुनः सञ्चालनमा नआएसम्म सेवा उपलब्ध नहुने नगरपालिकाका निमित्त प्रमुख प्रशासनिक अधिकृत मनिषा श्रेष्ठद्वारा जारी सूचनामा जनाइएको छ । योसँगै आगलागी वा अन्य विपद्का घटना भए तत्काल उद्धार तथा नियन्त्रणका लागि छिमेकी स्थानीय तहका दमकल सेवासँग निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)