प्रकोपको मार खेपिरहने राजमार्ग (भिडियो)
ratopati.com · Mon Aug 31 12:38:06 GMT 2026

काठमाडौँ । भदौ १० मा नेपाल-चीन सीमाबाट आएको विनाशकारी बाढीका कारण अहिले देश शोकमग्न अवस्थामा छ । अहिले उद्धार, राहत र पुनर्स्थापनाको काम भइरहेको छ । प्राकृतिक प्रकोपले पुर्याउने मानवीय क्षतिको त तुलना हुन सक्दैन । भौतिक, सामाजिक र मनोवैज्ञानिक क्षति पनि निकै ठुलो हुन्छ ।
बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले सबैभन्दा बढी भौतिक क्षति सडक र राजमार्गहरूमा पुर्याउने गर्छ । यसपालिको रसुवा बाढीले करिब ४० किलोमिटर सडक क्षतविक्षत् पारेको छ । कम्तीमा ४१ वटा मोटरेबल र ४५ वटा झोलुंगे पुलमा क्षति पुर्याएको छ । बाढीमा करिडोरका राजमार्ग र सडकहरू सुरक्षित देखिएनन् । राजमार्गहरू प्रभावित हुँदा मानिसको आवतजावत मात्रै होइन, सप्लाई चेन नै अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)