रुसले किन बेच्यो सुन ? युद्धका कारण अर्थतन्त्र दबाबमा परेको हो ?
baahrakhari.com · Fri Aug 07 17:02:32 GMT 2026

काठमाडौं । रुसले सन् २०२६ मा आफ्नो सुनको ठूलो हिस्सा बिक्री गरेको छ । विश्लेषकहरूका अनुसार युक्रेन युद्धका कारण बढ्दो रक्षा खर्च, बजेट घाटा र आर्थिक दबाब व्यवस्थापन गर्न रुसले यो कदम चालेको हो ।
रुसी केन्द्रीय बैंकका अनुसार जुलाईको सुरुसम्म रुससँग दुई हजार २८२ मेट्रिक टन सुन बाँकी रहेको छ । यो वर्षको सुरुभन्दा करिब ४३.५ मेट्रिक टन कम हो । फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण सुरु भएयताकै यो सबैभन्दा कम स्तरको सुन सञ्चिति भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)