बाढी प्रभावित क्षेत्रमा एनसेल र टेलिकमका १८५ साइट पुन: सञ्चालनमा
onlinekhabar.com · Mon Aug 31 12:36:05 GMT 2026

१५ भदौ, काठमाडौं । बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकम र एनसेलका १ सय ८५ साइट पुन: सञ्चालनमा आएका छन् ।
कम्पनीहरूका अनुसार रसुवा, नुवाकोट र धादिङमा कुल १ सय ९८ बीटीएस/मोबाइल साइट सेवा अवरुद्ध थियो । आज साढे ३ बजेसम्मको तथ्यांक अनुसार १ सय ८५ साइट पुन: सञ्चालनमा आइसकेका छन् । अब १३ साइट पुन: सञ्चालनमा आउन बाँकी छ । यससँगै बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनर्स्थापना हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)