विपद् व्यवस्थापन र पूर्वतयारीलाई केन्द्रमा राखेर कानुन पुनरावलोकन गरिने: मन्त्री गौतम
annapurnapost.com · Mon Aug 31 12:38:09 GMT 2026

काठमाडौं : सरकारले घोषणा गरेको ‘कानुन सुधार तथा कानुन निर्माण वर्ष’लाई कार्यान्वयन गर्न गठित उच्चस्तरीय समितिको तेस्रो बैठकले विपद् व्यवस्थापन, विपद् पूर्वतयारी तथा पुनर्निर्माणलाई केन्द्रमा राखेर विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको अध्यक्षतामा बसेको बैठकमा पछिल्ला विपद्का घटनाबाट देखिएका कानुनी तथा संस्थागत चुनौती, नेपालको भौगोलिक र वातावरणीय जोखिम, विपद्का बेला उद्धार तथा राहतमा देखिने व्यवहारिक कठिनाइ र विपद्पछिको पुनर्निर्माणलाई सहज बनाउने कानुनी व्यवस्थाका विषयमा विस्तृत छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)