रास्वपा केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा कार्की
annapurnapost.com · Mon Jun 08 13:37:00 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनित गरेको छ। काठमाडौंका कार्कीलाई पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावली बमोजिम पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वासका साथ मनोनयन गरिएको पार्टीले जनाएको छ।
नवनियुक्त सदस्य कार्की अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा लामो अनुभव भएका युवा हुन्। उनीसँग विश्वभरका युवा लोकतन्त्रवादीहरू आवद्ध संगठनको सहअध्यक्षको भूमिका निर्वाह गरिसकेको अनुभव छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)