तीन देशबीच रक्षा सहकार्य विस्तारको तयारी
barnanmedia.com · Fri Aug 07 21:15:00 GMT 2026

टर्की, साउदी अरेबिया र पाकिस्तानबीच संयुक्त रक्षा सहकार्यलाई संस्थागत रूप दिने उद्देश्यले शुक्रबार रियादमा नयाँ रक्षा सम्झौतामा हस्ताक्षर हुने तयारी भएको जनाइएको छ । यस सम्भावित सम्झौताले प्रमुख मुस्लिम बहुल राष्ट्रहरूबीच सैन्य तथा रणनीतिक सहकार्य थप सुदृढ हुने अपेक्षासँगै अनौपचारिक रूपमा चर्चा हुने ‘इस्लामिक नाटो’ अवधारणालाई पनि पुनः चर्चामा ल्याएको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यसअघि नै पाकिस्तान र साउदी अरेबियाबीच विद्यमान रक्षा तथा आर्थिक सहकार्यलाई टर्की र कतारसम्म विस्तार गर्ने तयारी भइरहेको सङ्केत दिनुभएको थियो । मे महिनामा पाकिस्तानी सञ्चारमाध्यम हम न्युजसँगको अन्तर्वार्तामा उहाँले यस्तो व्यवस्था विभिन्न चरणमा अघि बढिरहेको र भविष्यमा थप देशहरू पनि सहभागी हुन सक्ने बताउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)