तिलगंगा आँखा प्रतिष्ठानद्वारा विपद् प्रभावितका लागि एक करोड एक लाख सहयोग
ratopati.com · Thu Aug 27 15:40:34 GMT 2026

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदी किनारका रसुवा, नुवाकोट, धादिङ र गोर्खाका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले गहिरो दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि राहत घोषणा गरेको छ।
प्रतिष्ठानले नेपाल सरकारको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एक करोड एक लाख एक रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ। साथै, प्रतिष्ठानका कर्मचारीहरूले एक दिन बराबरको तलब समेत सोही कोषमा जम्मा गर्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)