भिरबाट लडेर वृद्धको मृत्यु
gorkhapatraonline.com · Fri Jun 26 02:19:57 GMT 2026

मकवानपुरको भिमफेदीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । भिमफेदी गाउँपालिका–३ मराङचोक बस्ने ६० वर्षीय चन्द्रबहादुर मोक्तानको बिहीबार राति भिमफेदी–६ स्थित विद्युत् प्रथम फेज नजिकको भिरबाट करिब २०० फिट तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मोक्तान आफ्नै घरबाट करिब एक किलोमिटर उत्तरतर्फ रहेको भिरबाट लडेका थिए । घटनास्थलमै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)