कोशी, बागमती र कर्णाली प्रदेशमा भारी वर्षा हुने
kendrabindu.com · Sat Aug 08 00:21:22 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको कारण कोशी, बागमती र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। तराई भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)