तीन प्रज्ञा प्रतिष्ठानले पाए नेतृत्व : प्रज्ञा प्रतिष्ठानमा नगरकोटी
barnanmedia.com · Sat Aug 08 00:35:28 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा आख्यानकार कुमार नगरकोटीलाई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिना ताम्राकारलाई र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सर्जक ब्रजेश खनाललाई मनोनित गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्रीले मिति २०८३।०४।१९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञसभा सदस्यहरूलाई मनोनित गरिएको पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)