थाइल्यान्डको स्कुलमा गोलीकाण्ड कम्तीमा ७ को मृत्यु, ३० घाइते
kendrabindu.com · Sat Aug 08 00:58:10 GMT 2026

बैंकक । थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक विद्यालयमा गोली चल्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ। गोली प्रहारबाट कम्तीमा ३० भन्दा बढी घाइते भएका छन्। स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले कक्षा ९ मा अध्ययनरत १४ वर्षीय विद्यार्थीले गोली चलाएका थिए। प्रत्यक्षदर्शीका अनुसार ती विद्यार्थी एउटा कोठाबाट अर्को कोठामा जाँदै शिक्षकलाई गोली हानेका थिए। घटनापछि विद्यार्थी र विद्यालयका कर्मचारी ज्यान जोगाउन भागेका थिए।
प्रहरीका अनुसार घटना बिहान करिब १० बजे रिपोर्ट गरिएको थियो। जब पोह टेक तुङ फाउन्डेसनका स्वयंसेवकहरूले विद्यालयभित्र गोली चलेको सुनेपछि प्रहरीलाई खबर गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)