पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा
nagariknews.nagariknetwork.com · Sat Aug 08 00:50:25 GMT 2026

पोखरा सार्वजनिक पुस्तकालय पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा नवनिर्मित ‘पोखरा घर’मा सरेको छ। यसअघि नयाँबजारस्थित क्षेत्री समाजको भवनबाट पुस्तकालय सञ्चालित थियो।
तीन वर्षअघि महेन्द्रपुलमा रहेको पुरानो पुस्तकालय भवन हटाएर महानगरले झण्डा उद्यान बनाएपछि पुस्तकालयलाई अस्थायी रूपमा क्षेत्री समाज भवनमा सारिएको थियो। पोखराको चिनारी दिने गरी महानगरले बनाएको ‘पोखरा घर’बाट पुस्तकालय सेवा सुरु गरिएको पुस्तकालय सञ्चालक समितिका उपाध्यक्ष शिरोमणि बरालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)