सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
gorkhapatraonline.com · Mon Aug 31 13:32:01 GMT 2026

रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्र बनाएको छ । हवाई तथा स्थलगत उद्धारसँगै बाढीका कारण प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरी खोजी कार्य अघि बढाइएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले सोमबार हवाई साधनमार्फत एक जना जर्मन नागरिकसहित १०९ जनाको उद्धार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)