माछापालनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाइनेछः कृषिमन्त्री
corporatenepal.com · Sat Aug 08 02:05:12 GMT 2026

नारायणगढ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मुलुकका प्राकृतिक जलस्रोतको समुचित सदुपयोग गर्दै मत्स्यपालन (माछापालन)लाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण र आत्मनिर्भर आधारका रूपमा विकास गर्ने बताउनुभएको छ ।
नेपाल मत्स्य विकास सङ्घको चितवनको खैरहनीमा भएको प्रथम साधारणसभामा मन्त्री चौधरीले कृषि र वन क्षेत्रको विकासबिना मुलुकको समृद्धि सम्भव नरहेकाले किसानको मुहारमा खुसी ल्याउनेगरी नीतिगत र प्रशासनिक सुधार भइरहेको बताउनुभयो । उहाँले हप्ताको तीन दिन (शुक्रबार, शनिबार र आइतबार) लाई ‘फिल्ड डे’का रूपमा छुट्याएर प्रत्यक्ष रूपमा किसानको माझ पुग्ने गरेको जानकारी दिँदै प्राविधिक ज्ञानको कमी, समयमा सूचना नपुग्नु तथा सरकारी अनुदान र सुविधाका बारेमा जानकारी नहुँदा किसान समस्यामा परेको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)