बीपीको बाटो : संवाद, मेलमिलाप र संस्थाको विजय
nepalsamaya.com · Sat Aug 08 02:47:47 GMT 2026

बीपी कोइरालाले राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यमका रूपमा कहिल्यै लिनुभएन। उहाँका लागि राजनीति राष्ट्र निर्माणको नैतिक दायित्व थियो। त्यसैले राष्ट्रिय मेलमिलापको नीति अघि सार्दै उहाँले एउटा गहिरो सन्देश दिनुभएको थियो- राष्ट्रको हित व्यक्तिगत वा गुटगत स्वार्थभन्दा ठूलो हुन्छ। लोकतन्त्रमा मतभेद स्वाभाविक हुन्छ। तर, मतभेदलाई संवादमार्फत साझा निष्कर्षमा पुर्याउने क्षमता नै संस्थाको परिपक्वताको मापन हो।
आज नेपाली कांग्रेस त्यही ऐतिहासिक जिम्मेवारीको मोडमा उभिएको छ। पार्टीभित्र विचारको विविधता रहनु कमजोरी होइन; त्यो लोकतान्त्रिक जीवनको प्रमाण हो। तर विचारको विविधता यदि अविश्वासमा रूपान्तरण भयो भने त्यसले संगठनलाई मात्र होइन, लोकतान्त्रिक संस्कृतिलाई पनि कमजोर बनाउँछ। त्यसैले कांग्रेसभित्र उत्पन्न हुने राजनीतिक प्रश्नहरूको समाधान पनि लोकतान्त्रिक संवाद, संस्थागत प्रक्रिया र आपसी विश्वासबाट खोजिनु नै बीपीको मार्गसँग मेल खाने बाटो हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)