एनआरएनएद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग
annapurnapost.com · Mon Aug 31 13:34:19 GMT 2026

साउदी : रसुवालगायत बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विश्वभरका नेपालीबाट संकलित रकममध्ये गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले हालसम्म प्राप्त रकमबाट १ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ।
एनआरएनए आईसीसीका अनुसार संकलित रकममध्ये प्रभावित क्षेत्रको आवश्यकताअनुसार राहत सामग्री खरिद तथा वितरणको कार्यसमेत देशका विभिन्न प्रभावित क्षेत्रमा निरन्तर भइरहेको छ। खाद्यान्न, टेन्ट, लत्ताकपडा, औषधिलगायत आवश्यक राहत सामग्री प्रभावित परिवारसम्म पुर्याउने कार्यलाई प्राथमिकतामा राखिएको संघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)