यी २२ जिल्लाका खोला-नदीमा आउन सक्छ आकस्मिक बाढी
kendrabindu.com · Sat Aug 08 03:14:20 GMT 2026

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ८ बजे जनाएअनुसार हाल कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाब (जल सतह) सतर्कता तहभन्दा तल नै छ। यसबाहेक ससाना नदीबारे पनि बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बाढी महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, गोरखा, लमजुङ, बागलुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, बझाङ र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)