अभिषेक गिरीसहित ६४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्दै प्रहरी
kendrabindu.com · Sat Aug 08 03:34:34 GMT 2026

काठमाडौं । नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरणका २५ वटा मुद्दामा अनुसन्धान सुरु गरेको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले आर्थिक वर्ष २०८२/०८३ बाट सम्पत्ति शुद्धीकरणका २५ वटा मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए।
अनुसन्धान चलिरहेका २५ वटा कसुरमा ६४ जना पक्राउ परेका छन्। २०८० चैत १२ गतेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत प्रहरीलाई अनुसन्धान गर्ने अधिकार दिएको थियो। त्यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई मात्रै यस्तो जिम्मेवारी थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)