यसरी बन्दैछ धनुषा घरजग्गा कारोबारको नयाँ ‘हटस्पट’
nepalhomes.com · Tue Nov 01 06:37:25 GMT 2022
काठमाडौं । मधेश प्रदेशमा अवस्थित घनाबस्ती भएको उर्वर जिल्ला धनुषा पछिल्लो समय घरजग्गा (रियलस्टेट) कारोबारको नयाँ हटस्पट बनेको छ । पछिल्लो समय देशमै सबैभन्दा धेरै घरजग्गा किनबेच हुने जिल्लामा धनुषा अग्रणी बन्न थालेको हो ।
लामो समयदेखि मोरङको बेलवारी र सुनसरीको इनरुवा मालपोत कार्यालय सबैभन्दा धेरै घरजग्गा किनबेच गराउनेमा पहिलो–दोस्रो बन्दै आइरहेका थिए । तर, चालु आर्थिक वर्षको सुरुवातदेखि नै धनुषाको जनकपुरस्थित मालपोत कार्यालयले मोरङको बेलवारी मालपोतलाई पछाडि पारेको छ ।
असोज महिनामा धनुषामा एक हजार चार घरजग्गा किनबेच भएको भूमि व्यवस्था तथा मालपोत विभागको तथ्यांक छ । धेरै घरजग्गा किनबेच गराउने मालपोत कार्यालयमा सुनसरी इनरुवा र बाँकेको नेपालगञ्जपछि जनकपुर मालपोत तेस्रो बनेको छ ।
असोजमा इनरुवामा ११ सय ४९ र बाँकेमा १ हजार २८ घरजग्गा किनबेच भएको तथ्यांक छ । जहिल्यै पहिलो वा दोस्रो बन्दै आइरहेको मोरङको बेलवारीमा असोजमा ८५९ घरजग्गा किनबेच भएका छन् ।
गत वर्षदेखि नै धनुषमा घरजग्गा कारोबार चम्किन थालेको हो । चालु आवको पहिलो महिना साउनमा १४ सय १२ घरजग्गा किनबेच भए । सो महिना इनरुवामा १६ सय ४४ र बाँकेमा एक हजार ९८ र बेलवरीमा १३ सय ३४ घरजग्गा किनबेच भएको विभागले जनाएको छ । साउन महिनामा सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने मालपोतमा धनुषा दोस्रो बनेको छ ।
भदौमा धनुषमा १३ सय ६९ घरजग्गा कारोबार भएका थिए । त्यत समय इनरुवामा १७ सय ९५, बाँकेमा १४ सय ४४ र बेलवारीमा १२ सय ९६ घरजग्गा किनबेच भएको देखिन्छ । भदौको कारोबारमा इनरुवा पहिलो र बाँके दोस्रो हुँदा तेस्रोमा जनकपुर पालपोत कार्यालय अग्रणी देखिएको छ ।
पछिल्लो समय तराई भेगमा सबैभन्दा धेरै घरजग्गा किनबेच हुन थालेको छ । परम्परागत हटस्पट मानिएका काठमाडौं उपत्यका, पोखरा, चितवन, रुपन्देहीलाई अरु जिल्लाले घरजग्गा किनबेचमा पछाडि पारिसकेका छन् ।
पूर्वी तराइका मोरङ, सुनसरी, झापा, धनुषा, वीरगञ्ज र पश्चिमका दाङ, बाँके र कैलाली (धनगढी) सबैभन्दा धेरै घरजग्गा कारोबार हुने अग्रणी जिल्लामा पर्न थालेका छन् ।
गत वर्ष धनुषा प्रमुख पाँचभित्र
गत आर्थिक वर्षको साउन महिनामा धनुषाबाट २८ सय चार घरजग्गा किनबेच भएको देखिन्छ । सो महिना इनरुवामा ४३ सय ५५, बेलवरीमा १९ सय ६७, विराटनगरमा १५ सय ९६, भद्रपुरमा १५ सय ५२, सप्तरीमा १६ सय ९५, लाहानमा १५ सय ३६, महोत्तरी जलेश्वरमा १६ सय ३३, ललितपुरमा २३ सय १६, भक्तपुरमा २५ सय २८, कलंकीमा दुई हजार ९५, कलैया बारामा १८ सय ३७, चितवनमा १९ सय ३०, कपिलवस्तुमा १६ सय ६६, बाँके २६ सय ७३, धनगढी १८ सय ८९ घरजग्गा किनबेच भएका थिए ।
(०७८ साउनदेखि ०७९ असोजसम्म देशभरीका १२६ मालपोतमध्ये धेरै घरजग्गा किनबेच गराउने प्रमुख पाँच मालपोत कार्यालयहरु)
०७८ साउनमै सबैभन्दा धनुषा सबैभन्दा धेरै घरजग्गा किनबेच हुनेमा धनुषा दोस्रो बनेको तथ्यांकले देखाउँछ ।
यस्तै, ०७८ भदौमा इनरुवा, बेलवरी, भद्रपुरपछि सबैभन्दा बढी घरजग्गा किनबेच गराउनेमा धनुषाकै जनकपुर मालपोत कार्यालय बनेको थियो । सो महिना इनरुवामा २९ सय ५३, बेलवरीमा ३७ सय ६४, भद्रपुरमा २७ सय ९५ घरजग्गा किनबेच भएका थिए । सो महिना धनुषामा २७ सय ६४ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।
गत वर्षकै असोजमा इनरुवा र बेलवरीपछि सबैभन्दा धेरै घरजग्गा किनबेच गराउनेमा धनुषा तेस्रो बनेको थियो । सो महिना इनरुवामा २८ सय ५२, बेलवारीमा २६ सय ३२, भद्रपुरमा २२ सय ६३, बाँकेमा १७ सय ८६ घरजग्गा किनबेच भएका थिए ।
कार्तिकमा पनि इनरुवा र बेलवारीपछि जनकपुर (धनुषा) तेस्रो बनेको देखिन्छ । सो महिना धनुषामा १७ सय ८१ घरजग्गा किनबेच हुँदा इनरुवामा दुई हजार १९ र बेलवारीमा १९ सय ४४ घरजग्गा किनबेच भएका थिए । चौथो बनेको झापा भद्रपुरमा १७ सय ५५ घरजग्गा किनबेच भएका थिए ।
मंसिरमा सबैभन्दा धेरै घरजग्गा किनबेच गराउनेमा बेलवारी, इनरुवा, भद्रपुर, भक्तपुर र बाँके प्रमुख पाँच मालपोतभित्र परेका छन् । एक महिनामा दुई हजार ४३ घरजग्गा किनबेच गरेर धनुषा छैठौं बनेको छ । सो महिना ललितपुरमा पनि धनुषाकै बराबर दुई हजार ४३ घरजग्गा किनबेच भएको विभागले जनाएको छ । पहिलो बनेको बेलवारीमा तीन हजार ८७, दोस्रो बनेको इनरुवामा तीन हजार ४१, तेस्रो बनेको भद्रपुरमा २५ सय ८८, चौथो बनेको बाँकेमा २४ सय ५४ र पाँचौ बनेको भक्तपुरमा २१ सय ४७ घरजग्गा किबनेच भएको थिए ।
पुसमा इनरुवामा ३२ सय ५०, बेलवारीमा तीन हजार ५९, भद्रपुरमा २७ सय ५५, बाँकेमा २४ सय ११ घरजग्गा किनबेच भइर क्रमशः पहिलोदेखि चौथो बनेका छन् । सो महिना धनुषामा २२ सय ७६ घरजग्गा किनबेच भइ पाँचौं बनेको छ ।
माघमा सबैभन्दा बढी इनरुवामा २८ सय सात, बेलवारीमा २५ सय ३६, धनुषामा २१ सय ६४, भद्रपुरमा १९ स ८० र भक्तपुरमा १९ सय २२ घरजग्गा किनबेच भएका थिए । सो महिना धनुषा तेस्रो बन्न सफल भएको थियो ।
फागुनमा धनुषा २४ सय ९६ घरजग्गा किनबेच गराई चौथो बनेको छ । पहिलो बनेको इनरुवामा ३२ सय ८६, बेलवारीमा २८ सय ७२, भद्रपुरमा २७ सय ७२ र बाँकेमा २४ सय ४९ घरजग्गा किनबेच भएका थिए ।
चैतमा पनि धनुषा मालपोत २३ सय ७६ घरजग्गा किनबेच गराई तेस्रो बनेको छ । सो महिना इनरुवामा ३५ सय २३, बेलवारीमा २८ सय ३४, भद्रपुरमा २७ सय ६८ र बाँकेमा २२ सय ७१ घरजग्गा किनबेच भएका थिए ।
बैशाखमा दुई हजार ६४ घरजग्गा किनबेच गराई इनरुवा पहिलो बनेको छ भने १८ सय ८९ घरजग्गा किनबेच गराई बेलवारी दोस्रो, १७ सय २० घरजग्गा किनबेच गराई भद्रपुर तेस्रो, १५ सय ३६ घरजग्गा किनबेच गराई धनुषा चौथो र १४ सय ३१ घरजग्गा किनबेच गराई ललितपुर पाँचौ भएको भूमि विभागले जनाएको छ ।
जेठ महिनामा इनरुवामा २६ सय ४५, बेलवारीमा २२ सय ७३, भद्रपुरमा २१ सय ५५, धनुषामा १९ सय ७९ र बाँकेमा १७ सय ७६ घरजग्गा किनबेच भई क्रमशः पहिलोदेखि पाँचौ मालपोत कार्यालय बनेका थिए ।
असारमा देशभरीबाट प्रमुख पाँच मालपोत कार्यालयभित्र परेका इनरुवाबाट २६ सय ३३, धनुषाबाट २१ सय ५९, ललितपुरबाट १७ सय ५६, भक्तपुरबाट १६ सय ७६ र भद्रपुरबाट १६ सय ४७ घरजग्गा किनबेच भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)