साउदी, टर्कीए र पाकिस्तानबीच मक्कामा रक्षा सम्झौता
barnanmedia.com · Sat Aug 08 04:02:10 GMT 2026

काठमाडौं । साउदी अरब, टर्कीए र पाकिस्तानले सामूहिक रक्षासम्बन्धी ऐतिहासिक सम्झौता गरेका छन्। साउदीको मक्कामा शुक्रबार भएको सम्झौताले तीन मुलुकबीच सैन्य सहकार्य, गुप्तचर सूचना आदानप्रदान र सामूहिक प्रतिरक्षा थप मजबुत बनाउने आधार तय गरेको छ।
साउदी युवराज मोहम्मद बिन सलमान, टर्कीएका राष्ट्रपति रेचेप तैयप एर्दोगान र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार तीनमध्ये कुनै एक मुलुकमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबै सदस्य मुलुकमाथिको आक्रमणका रूपमा लिइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)